जेरुसेलम, माघ २४ गते । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएका छन् । इजरायलको सरकारी स्वामित्वको कान टिभी न्युजले क्रेन आइडीएफको गोलानी ब्रिगेडका सैनिकहरूको पालमा खसेको जनाएको छ । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

उक्त घटना गाजा सीमा नजिकैको आईडीएफ कम्पाउन्ड भित्र भएको बताएको छ, जहाँ आईडीएफ बलहरूले वर्तमान युद्धविरामको बाबजुद मिसनहरू सञ्चालन गरिरहेका छन् ।

कान टिभीका अनुसार सेनाहरूले आँधीबेहरीमा क्रेनको प्रयोग गर्दछ । आईडीएफले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ ।