काठमाडौँ, माघ २४ गते । राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच सम्झौता भएको हो । सम्झौतापत्रमा स्केटबोर्डिङ सङ्घका तर्फबाट अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासङ्घका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
सम्झौतापत्र हस्ताक्षरपछि राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका अध्यक्ष खनाल र विद्यालय खेलकुद महासङ्घका अध्यक्ष श्रेष्ठले सम्झौताले स्केटिङ खेललाई विद्यालयस्तरसम्म पु¥याउन मद्दत पुग्ने बताउनुभयो । यसबाट हरेक खेललाई विद्यालयस्तरबाटै सुरु गर्ने सरकारको लक्ष्य पूरा गरी खेलाडी उत्पादनमा सहयोग पुग्ने उहाँहरुको भनाइ थियो ।