गण्डकी, माघ २४ गते । बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी आज पोखरा आउनुुभएको छ । नेपाली सेनाको विमानमार्फत आउनुुभएका उहाँहरूलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गर्नुभएको थियो ।
अधिराजकुमार र अधिराजकुमारीको पोखरा भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नाका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यलाई अन्तरराष्ट्रिय रूपमा प्रवद्र्धन गर्ने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताउनुुभयो ।
पोखरा भ्रमणका क्रममा उहाँहरुले यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गर्नुहुने र शुक्रबार पोखराको बगरस्थित ब्रिटिस क्याम्पमा हुने कार्यक्रममा सहभागी हुनुहुने बताइएको छ ।