काठमाडौँ, माघ २४ गते । राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शूल्य समयमा सांसद सुरेशकुमार आले मगरले पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृतिबिना केबलकार स्थापना गर्न थालिएको भन्दै आपत्ति जनाउनुभयो । “विकास गर्ने विषयमा कोही पनि विरोधी छैन तर आइएलओ १६९ अनुसार कुनै पनि क्षेत्रमा विकासका काम अगाडि बढाउँदै गर्दा स्थानीयको स्वीकृति लिनुपर्ने हुन्छ । स्वीकृति नलिइकन, पाथिभरा क्षेत्रका जनतालाई सरकारले जबरजस्ती धरपकट गर्नुहुँदैन ।”

ताप्लेजुङको पाथीभरा ९मुक्कुम्लुङ० क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवादमा सरकारी वार्ता टोली र स्थानीय सङ्घर्ष समितिबीच मङ्गलवार ६ बुँदे सहमति भएको छ । यो सहमतिसँगै गत माघ १५ देखि कोशी प्रदेशका ९ जिल्लामा जारी यातायात बन्द स्थगन गरिएको छ । हाललाई केबलकार स्टेसन निर्माण कार्य स्थगन गरी आगामी वार्तामा विस्तृत छलफल गर्न सरकारी पक्ष तयार भएको छ ।

सांसद सोनाम गेल्जेङ शेर्पाले सोलुखुम्बुको उत्तरी क्षेत्रमा रहेको नाम्चे बजारस्थित सीमा प्रशासन शाखा कार्यालय प्रमुख र कर्मचारीविहीन हँुदा जनतालाई सास्ती भइरहेको भन्दै तत्काल कर्मचारीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । “नाम्चे बजारस्थित सीमा प्रशासन शाखा कार्यालय प्रमुख र कर्मचारीविहीन छ, कर्मचारीविहीन हुँदा त्यस क्षेत्रका नागरिकले नागरिकले राष्ट्रिय परिचय पत्र पाउन सकिरहेका छैनन, तत्काल कर्मचारीको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछु”, उहाँले भन्नुभयो ।