काठमाडौँ, माघ २४ गते । राष्ट्रियसभा बैठकमा दुई वटा विधेयकहरू प्रस्तुत भएका छन् । आज बिहीबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गर्नुभयो ।

त्यस्तै आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गर्नुभयो ।

आजको बैठकमा अध्यादेश पेस गर्ने भनिएपनि राष्ट्रियसभामा देखिएको अङ्कगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस भएको बताइएको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएको हो ।