फाइल तस्वीर
काठमाडौँ, माघ २४ गते । साहारा चितवन सहकारी ठगी अपचलनमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ । हिजो बुधबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयान पछि सुरु भएको थुनछेक बहस नसकिएकाले आज पुनः बहस हुने भएको हो ।
बुधबार बहस नसकिए पछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासतमा पठाइएको थियो । जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न सभापति लामिछानेलाई आज बिहान १०ः३० बजे अदालत उपस्थित गराइंदै छ । प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएपछि आजको बहस सुरु हुनेछ । हिजो वादी तर्फका सरकारी वकिलको बहस सकिएको थियो । आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ । बहस सकिए आजै आदेश आउने सम्भावना रहेको छ ।