काठमाडौँ, माघ २४ गते । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

यहि माघ माघ १८ गतेबाट सुरु भएको संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा अन्य दलका शीर्ष नेताहरूले सम्बोधन गरे पनि प्रचण्डले सम्बोधन गर्नुभएको थिएन । हिउँदे अधिवेशनको पहिलो बैठक (माघ १८ गते)मा सम्बोधन नगर्नुभएका प्रचण्डले आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो ।
गत शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।