काठमाडौँ, माघ २४ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज बिहिबार दिउँसो १ः१५ बजे बस्ने भएको हो ।
आजको बैठकमा सरकारले ल्याएको ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ सभामा पेश गर्नुहुने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक, २०८१’ सभामा पेश गर्नुहुने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।
![r1](https://npcdn.ratopati.com/media/news/r1_qraYAEdLFL.jpg)