चितवन, माघ २३ गते । सहकारी ठगी प्रकरणमा अनुसन्धानमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा राख्ने आदेश दिएको छ । सहारा चितवन सहकारी ठगीको अभियोगमा थुनछेक बहस नसकिएपछि रास्वपाका सभापति लामिछानेलाई हिरासतमा पठाइएको हो ।
न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी र थुनछेक गर्न भोली बिहान १०ः३० बजे अदालतमा उपस्थित गराउने गरी सभापति लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश गरेको हो ।
चितवनको साहरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामाथि आजदेखि बहस सुरु भएको छ । यस मुद्दाका अरू धेरै प्रतिवादी फरार छन् भने केही थुनामा भए पनि थुनछेक बहस रविबाटै सुरु भएको हो ।