काठमाडौँ, माघ २१ गते । सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक आज सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।