काठमाडौँ, माघ २० गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक जारी छ । बैठक आज दिउँसो १:१५ बजेबाट सुरु भएको हो ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।