फाइल तस्वीर
काठमाडौँ, माघ २० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिक्षकहरुको अभिलेख राख्ने राष्ट्रिय कितावखानामा कार्यरत शाखा अधिकृत प्रसाईंले सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगले उनीमाथि मुद्दा दायर गरेको हो ।

विशेष अदालतका प्रवक्ता गेहेन्द्रराज रेग्मीका अनुसार अधिकृत प्रसाईंविरुद्धको मुद्दा दर्ता भएर थुनछेक बहस पनि सुरु भएको छ । आयोगले उनीविरुद्ध तीन लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ ।

अधिकृत प्रसाईंलाई आयोगले गत पुस १४ गते तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।