फाइल तस्वीर
काठमाडौँ, माघ २० गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तीन तहका कमिटीहरुको बैठक फागुनमा हुने भएको छ । यसअघि पार्टीले तय गरेको तीन वटै तहका कमिटीको बैठकको मिति परिवर्तन गरिएको कुराको जानकारी सो पार्टीका महासचिव घनश्याम भुसालका दिनुभएको हो ।
महासचिव भुसालका अनुसार आगामी फागुन ६ गते पार्टी स्थायी कमिटी, ७ गते पोलिटब्युरो तथा ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी मिति परिवर्तन भएको छ । यसअघि सो पार्टीले यही माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र माघ ३० देखि फागुन १ र २ गते केन्द्रीय कमिटी बैठक गर्ने निर्णय गर्दै मिति सार्वजनिक गरेको थियो ।
पार्टीको तीनै तहका कमिटीहरुको बैठकको तयारी पूरा नभएका कारण पूर्व निर्धारित मितिलाई परिवर्तन गरिएका एकीकृत समाजवादीले जनाएको छ ।
आन्दोलनद्वारा पार्टी निर्माण गर्ने बताउँदै आएको एकीकृत समाजवादीले पहिलो साताबाट सुरु हुने स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ । आगामी आन्दोलनका लागि पार्टी महासचिव घनश्याम भुसाललाई आन्दोलन संयोजन समितिको संयोजक बनाइएको छ ।