काठमाडौँ, माघ २० गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आज बिहान ११ बजेलाई बोलाइएको पदाधिकारी बैठक दिउँसो २ बजेलाई सरेको छ । सचिव दीनानाथ शर्माका अनुसार पार्टी अध्यक्ष प्रचण्ड गृह जिल्ला चितवनबाट आइपुग्न ढिलो भएकाले बैठक केहीबेर पछाडी सारिएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्यपहाडी राजमार्गमा हुने कार्यक्रमको खाकालगायत समसामयिक विषयमा निर्णय लिन पदाधिकारी बैठक बोलाउनुभएको थियो ।