काठमाडौँ, माघ २० गते । सङ्घीय संसद् अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक आज बस्दैछ । बैठक आज आइतबार दिउँसो १ बजे सिंहदरबामा बस्ने भएको हो ।


बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुनेछ ।