काठमाडौँ, १९ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६।५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५७।५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।
निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको आयल निगमले जनाएको छ ।