प्रतिनिधिसभाको बैठकमा बोल्दै राजमोका अध्यक्ष चित्रबहादुर केसी ।
काठमाडौँ, माघ १८ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहनुभएका सांसद चित्रबहादुर केसीले नेताप्रति जनताले घृणा प्रकट गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजबाट सुरुभएको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै सांसद केसीले नेताप्रति जनताले घृणा प्रकट गरेको बताउनुभएको हो ।

बैठकमा बोल्दै सांसद केसीले सरकारले जनतालाई के दिएको छ भन्दै प्रश्न गर्नुभएको थियो । राजमोका अध्यक्ष केसीले बैठकमा ‘अहिले नेपाली जनताले तपाईहरु सत्तामा शक्तिमा हुनुहुन्छ, के दृष्टिले हेरिरहेका छन् ? राजनेतामाथि यति घृणा जनताले प्रकट गरेपछि रहन्छ यो व्यवस्था ?’ भनि नेताहरुप्रति आक्रोश प्रकट गर्नुभयो ।

सांसद केसीले संविधान संशोधन गर्ने भनेर भने पनि खै संशोधन गरेको भनेर प्रश्न गर्दै प्रदेशमा मन्त्री बनाउनुपर्दा केन्द्रबाटै हस्तक्षेप हुने गरेको प्रसङ्गसमेत उल्लेख गर्दै ‘प्रदेशमा कति उद्योग खुले, कति रोजगारी पाए ?’, उनले अध्यादेश सुकुम्वासीलाई जग्गा दिन हो कि दलाललाई फाइदा पु¥याउन हो भन्दै सरकारको आलोचना गर्नुभयो ।

सहकारीमा ठगिएका जनतालाई ठगहरूको सम्पत्ति खोजेर राज्यले सबभन्दा पहिला क्षतिपूर्ति दिनुपर्ने चन्दै भूमिहीन किसानलाई जमिन दिन अध्यादेश नल्याइएको जिकिर गर्दै राजमोका अध्यक्ष केसीले अमेरिकी सहयोग ‘एमसीसी’ को प्रसङ्ग कोट्याउँदै ‘माछा मिठा, काँडा तिता, बुझनुभो !’ भन्दै नेपालबाट एमसीसी फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो ।