काठमाडौँ, माघ १८ गते । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयमा आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनसँगको छलफल तथा बैठकमा उहाँले भन्नुभयो, “खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय आफ्नो क्षेत्रबाट लागिपरेको छ, आम नागरिकले सहजरुपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी खानेपानीको व्यवस्थापन गरौँ ।”
सोही क्रममा मन्त्री यादवले काठमाडौँ उपत्यकामा सहज रुपमा खानेपानी वितरण, लिकेज भएका पाइपलाइन मर्मत, खानेपानीका मिटर वितरण गर्ने लगायतका कार्य छिटो छरितो गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानीका लिकेज भएका पाइप लाइन चाँडो मर्मत गर्नुहोला, नागरिकले खानेपानीका मिटर नपाएको गुनासो गर्दै आएका छन्, मिटरहरुको चाँडो व्यवस्था गर्न मेरो आग्रह छ ।”
खानेपानी मन्त्रालय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को अभिभावक भएकाले केयुकेएललाई सहज रुपमा पानी वितरण गर्ने कार्यमा मन्त्रालयले पूर्ण साथ र सहयोग गर्दै आएको तथा आगामी दिनमा पनि सम्पूर्ण सहयोग गर्ने मन्त्री यादवको भनाइ थियो ।
काठमाडौँ उपत्यकासहित देशभरीका खानेपानीका समस्या समाधानका लागि मन्त्रालयले कदम चालिरहेको समेत उहाँले बताउनुभयो । यसैगरी मन्त्री यादवले प्रमुख कार्यकारी अधिकृत ९सिइओ० तथा केयुकेएल कर्मचारी ट्रेड युनियनबीच आपसी मेलमिलामा रही नागरिकलाई खानेपानी पु¥याउने कार्यलाई निरन्तरता दिनसमेत आग्रह गर्नुभएको थियो ।
उक्त बैठकमा मन्त्रालयका सचिव इ प्रमिलादेवी शाक्य बज्रचार्यले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले यहाँका नागरिकलाई खानेपानी वितरणको कार्य गर्दै आइरहेको र अबका दिनमा पनि उक्त कार्यलाई थप अघि बढाउँदै पानी लिकेज भएका ठाउँमा चाडो मर्मत गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
उहाँले भन्नुभयो, “केयुकेएलले विपद्को समयमा पनि काठमाडौँ उपत्यकावासीलाई पानी पु¥याउन सफल भएको उदाहरण हामी माझ छ, कतिपय ठाउँमा पानी लिकेज भएर पानी खेर गइरहेको छ, त्यसको रोकथामसहित खानेपानीका मिटर नपाएको गुनासो पनि छ, यसको समस्या चाँडो समाधान गर्नतर्फ ध्यान दिन जरुरी छ ।”
केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले काठमाडौँ उपत्यकामा खानेपानी वितरण लगायतका विभिन्न काम भइरहेका र गत असोज ११ गतेको बाढीका कारण कतिपय ठाउँका खानेपानीका मुहान बाढीले बगाएकाले समस्या उत्पन्न भएको बताउनुभयो । आजको उक्त बैठकमा मन्त्रालयका सहसचिव इ मिना श्रेष्ठ, इ रमाकान्त दुवाडीलगायत केयुकेएल कर्मचारी ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको थियो ।