काठमाडौँ, माघ १८ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता सुरु भएको छ । केहीबेरअघिबाट सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा सभामुख घिमिरे र सभापति लामिछानेबीच भेटघाट सुरु भएको हो ।
सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा पर्नुभएका रास्वपा सभापति लामिछानेले आज शुक्रबार सिंहदरबार पुगेर सभामुख घिमिरेसँग भेट गर्नुभएको हो ।
सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको लामिछानेको पार्टीले निलम्बन गर्नै नपर्ने विषयमा निलम्बन गरेको दाबी गर्दै उक्त निलम्बन हटाउनुपर्ने माग राख्दै आइरहेको बखत प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु हुनु केहीबेरअघि घिमिरे र लामिछानेबीच छलफल चलेको हो ।