फाइल तस्वीर
काठमाडौँ, माघ १८ गते । सत्ता साझेदार दल नेपाली काङग्रेसको संसदीय दलको बैठक निष्कर्षविहिन अवस्थामा सकिएको छ । आज शुक्रबार बिहान बसेको सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।
बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको हुँदा अर्को बैठक आगामी २४ गते बिहीबार बस्नेगरी आजको बैठक स्थगित भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराउनुभयो ।
प्रमुख सचेतक घिमिरेले ‘सांसदहरूले बोल्ने क्रम सकिएको छ । मन्त्रीहरू र नेताहरूले बोल्ने क्रम बाँकी रहेकोले आगामी २४ गते बिहान संसदीय दलको बैठक बस्छ । त्यहिदिन बिहान बैठक बस्नेगरी बैठक स्थगित गरिएको छ’ भन्नुभयो ।
आज बिहान भएको संसदीय दलको बैठकमा सरकारले हालै ल्याएको पाँच वटा अध्यादेशको विषयमा सांसदहरूले प्रश्न गर्नुभएको नेता घिमिरेले बताउँदै सांसदहरुले आफ्ना क्षेत्रका समस्याबारे कुरा पनि उठान गर्नुभएको बताउनुभयो ।