काठमाडौँ, माघ १५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेश गरेको छ ।
यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उक्त विधेकय संसद्मा पेस भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सबैको चासोको विषय बनेको उक्त विधेयकमाथि सदनमा छलफल हुनेछ ।