काठमाडौँ, माघ १५ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्ने भएको हो ।
यही माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी तीव्र पारिएको छ । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।
हिजो दलका मुख्य सचेतक र सचेतकहरूसँग सिंहदरवारमा छलफल भएको थियो । संसद बैठकको आगामी क्यालेन्डर तयार गर्ने तयारी लागि आज कार्यव्यवस्था समिति बस्न लागेको हो ।