काठमाडौँ, माघ १५ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्दै छ । मुख्य सचेतक महेश बर्तौलाका अनुसार बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा आज मङ्गलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
आगामी शुक्रबारबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।