काठमाडौँ, माघ १४ गते । सत्तारुढ दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी सत्ता पक्षका राजनीतिक दलहरूको बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठकमा आसन्न हिउँदे अधिवेशन, अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।
सत्तापक्षमा नेकपा एमाले, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।