काठमाडौँ, माघ १४ गते । सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ । सङ्घीय संसदको हिउँदे अधिवेशन नजिकिँदै गर्दा हिजो सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएका सभामुख घिािरेले आज संयुक्त छलफल गर्न लाग्नुभएको हो ।
आज सोमबार बिहान ११ बजे सिंहदरवारमा सभामुख घिमिरेले पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ ।