काठमाडौँ, माघ १४ गते । नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो । हिजो दिउँसोबाट सुरु भएको बैठकमा सङ्घीय संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशलगायतको विषयमा छलफल हुने बताइएको छ ।
विधेयकका विषयमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका विधेयक तिव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल गरी धारणा बनाउन काङ्ग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकले माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनमा काङ्ग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल हुँदै छ ।