फाइल तस्वीर

काठमाडौँ, माघ १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, ¥याट विभाग नियमावली २०८१ मा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने विषयमा, संसद् अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।