काठमाडौँ, माघ १३ गते । सुप्रिम सहकारीको रकम अपचलनमा ठगीसम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको मुद्दाको बहस सकिएको छ । आइतबार रुपन्देही जिल्ला अदालतमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा तीन दिनदेखि जारी बहसमा आज रास्वपाका सभापति रवि लामिछानेको पक्षमा कानुन व्यवसायीले बहस सकेका हुन् । लामिछानेको पक्षमा कानुन व्यवसायीहरूको बहसपछि सरकारी वकिल र जाहेरवालाले जवाफी बहस गरेका हुन् ।

दुबै पक्षको बहस सकिएकाले अब आजै आदेश आउने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताउनुभयो ।