रूपन्देही, माघ १३ गते । सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ । गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा भइरहेको थुनछेक बहस शुक्रबार नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
शुक्रबारसम्म सरकारी वकिलको तर्फबाट बहस सकिएको र लामिछानेको तर्फबाट केही वकिलको बहस गर्न बाँकी रहेकाले आनज आइतबार पनि बहस जारी रहने भएको छ ।
जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेकोले आज फेरि बहस हुने बताउनुभयो । जाहेरीवाला र प्रतिवादीबिच सवाल–जवाफ सकिए आजै थुनछेक आदेशमार्फत रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेशको फैसला आउने बुझिएको छ ।