फाइल तस्वीर
काठमाडौँ, माघ १३ गते । नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज आइतबार दिउँसो २ बजे । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।


माघ १८ गतेदेखि सङ्घीय संसद् अधिवेशन सुरु हुने भएकाले त्यसका लागि आवश्यक रणनीति तय गर्न आज काङ्ग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा सरकारले ल्याएका अध्यादेश, आगामी शुक्रबार अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुने बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसक्नुभएकोे छ ।