काठमाडौँ, माघ १२ गते । नेपाल प्रहरीका ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ३७ प्रहरी नायब उपरीक्षकहरुलाई प्रहरी उपरीक्षकपदमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सूचीको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द रहेका छन् । त्यसपछि सफारिस हुनेमा क्रमशः सुमीत खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीन कृष्ण भण्डारी, तिलक भारती, केशव कुमार थेवे, सुर्य खड्का, दिपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणीन्द्र प्रसाईँ र शरत कुमार थापा क्षेत्री रहेका छन् ।
त्यस्तै बढुवा सिफारिस हुनेमा युवराज खड्का, राजन चापागाईँ, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रवीन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तन्डुकार, दधिराम न्यौपाने र नवीन कार्की छन् ।
सिफारिस हुने अन्य अधिकृतहरूमा श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण श्रेष्ठ, लालध्वज सुवेदी र रुगम बहादुर कुँवर रहेका छन् ।