काठमाडौँ, माघ ८ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आज मङ्गलबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने भएको हो ।


एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । एमालेले सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ ।

साथै, सचिवालय बैठकले एमालेमा प्रवेश गर्न लाग्नुभएका नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेकाले उहाँलाई दिने जिम्मेवारीका विषयमा पनि छलफल हुने बताइएको छ ।