काठमाडौँ, माघ ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिको कार्यभार ग्रहण गरेकोमा समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ ।


अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा आज मङ्गलबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति पौडेलले समकक्षी ट्रम्पलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।


राष्ट्रपति पौडेलले अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ ।