मोरङ, माघ ६ गते । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिनुभएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहनु भएको छ । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आउनुभएका उहाँले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताउनुभयो । असी वर्षीय उहाँले भन्नुभयो, “नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।”

सुरुआती समयमा एउटा सिरक बनाएको रु पाँच थियो । अहिले बढेर रु आठ सय पुगेको लतिफले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक कम्तीमा दुईवटा सिरक बनाउन भ्याउँछु । घरेलु सामग्री ९धुनिया० बाट रुवा फिटेर सिरक डसना बनाउने पर्ने भएकाले समय पनि बढी लाग्छ ।”

घरेलु सामग्री ९धुनिया० बाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी–११ की सीता खतिवडाले बताउनुभयो । “आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घरघरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइदिन्छन्”, उहाँले भन्नुभयो । 

तीनदेखि पाँच जनाको समूहमा उहाँहरूले काम गर्नुहुन्छ । ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उहाँहरूको समूहले दैनिक रु १० हजारभन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिनुभयो । पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकाले व्यापार सोचे जस्तो नभएको उहाँले बताउनुभयो ।