फाइल तस्वीर
सिरहा, माघ ५ गते । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग तत्कालै आफ्नो पार्टीबाट सहकार्यको कुनै सम्भावना नरहेको बताउनुभएको छ । बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँगको कुराकानीमा मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको दावी गर्नुभएको हो ।
अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको उल्लेख गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेश आन्दोलनको पनि भूमिका रहेको बताउनुभयो । मधेश प्रदेश सरकारले मधेश आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।