ज्येष्ठ नागरिकलाई सम्मान गर्दै पूर्वप्रधानमन्त्री प्रचण्ड ।
मोरङ, माघ ५ गते । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । पार्टी कामको सिलसिलामा मोरङ पुग्नुभएका अध्यक्ष प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गङ्गादेवी लुइँटेल र ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गर्नुभएको हो ।
सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उहाँहरुबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताउनुभयो । आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उहाले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्ने बताउनुभयो ।