कास्की, माघ ४ गते । नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दलका नेता तथा कार्यकर्ता समयमा रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । आज पोखरामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षकरप्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले पछिल्लो समय राजनीतिक दलप्रति जनताको नकारात्मक धारणा रहेकाले सोलाई सकारात्मक रूपमा बदल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिप्रति नागरिकको निराशालाई आशामा बदल्नुपर्नेमा जोड दिनुभयो । सात पुस्तासम्म जोडिएको काङ्ग्रेसले नयाँ पुस्ताका युवासँग सहकार्य गर्दै अगाडि बढ्नपर्ने उहाँले धारणा राख्नुभयो । उपसभापति खड्काले पार्टीका नेता, कार्यकर्ताले नकारात्मक विचार र क्रियाकलाप छाडेर सकारात्मक मार्ग अवलम्बन गर्न सकेमा पार्टी सुदृढीकरणमा सफलता मिल्ने बताउनुभयो । उहाँले आवश्कताका आधारमा सबैको सहमति र समन्वयमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

काङ्गेसका उपसभापति खड्काले संविधानको मूल मर्म नबिग्रने गरी सबैको सहमतिका आधारमा संशोधन गर्नुपर्ने धारणा राख्नुभयो । राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न संविधान संशोधन आजको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । आजदेखि सुरु भएको प्रदेशस्तरीय प्रशिक्षकरप्रशिक्षण कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।