चितवन, माघ ३ गते । नेपाली काङ्ग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी भएको स्पष्ट गर्नुुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले सदन सञ्चालन नभएका बेला अत्यावश्यक ऐनकानुन अध्यादेशमार्फत जारी हुनु न्यायसङ्गत भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको हो ।

व्यवसायीका निराशालाई आशामा बदल्न अध्यादेश आवश्यक थियो ।” ऐन कानुनले केही विषय बाँधिएकाले संशोधनस्वरुप अध्यादेश ल्याइएको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले वर्तमान सत्ता समीकरण कसैले चाहँदैमा परिवर्तन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “कांग्रेस र एमालेबीचमा भएको समझदारी अनुसार नै सरकारले काम गरिरहेको छ ।”