काठमाडौँ, माघ ३ गते । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइराला र बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीबीच भेटवार्ता भएको छ । बेलायतको भ्रमणमा रहनुभएका डा कोइरालाले आज बिहान बेलायतको संसद् भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री क्लेभर्लीसँग भेटवार्ता गर्नुभएको डा कोइरालाको निजी सचिवालयले जनाएको छ ।

कोइराला र क्लेभर्लीबीच भएको भेटमा नेपाल–बेलायतसम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा डा कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गर्नुभएको छ ।