फाइल तस्वीरः पूर्वउपप्रधानमन्त्री रवि लामिछाने
काठमाडौँ, माघ २ गते । सहकारीको रकम अपचलन र ठगी प्रकरणको आरोप खेपिरहेका पूर्वउपप्रधानमन्त्री ए राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दाको थुनछेक बहस हिजो मङ्गलबार सार्वजनिक बिदा भएकोले आज बुधबारका बहस हुन लागेको हो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार पूर्वगृहमन्त्री लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता र सरकारी वकिल गरी नौ जनाले बहस गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले पीडितको तर्फबाट बहस गर्नुभएको थियो ।
यस्तै सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित नौ जनाले बहस गरेपनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि आइतबार जिल्ला अदालत काठमाडौँमा हाजिर हुनुभएका रास्वपाका सभापति लामिछानेलाई आइबार थुनछेक बयान मात्रै भएपछि न्यायाधीश अधिकारीले न्यायिक हिरासतमा पठाउन आदेश गर्नुभएको थियो ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लामिछानेविरुद्ध सोही रकमको बिगो मागदावी गरिएको छ ।