काठमाडौँ, पुस २९ गते । चीन केन्द्रबिन्दु भएर ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज सोमबार साँझ ६ बजेर ४४ मिनेट जाँदा चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का चीनसहित बङ्गलादेश, नेपाल र भारतमा पनि महसुस भएको छ । यसअघि पुस २३ गते चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।