फाइल तस्वीर
काठमाडौँ, पुस २९ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक पर्सि बुधबार बस्ने भएको छ । नेताहरूको जिम्मेवारी टुंग्याउन पदाधिकारी बैठक बोलाइएको हो । यसअघि आज सोमबार दिउँसो २ बजे बस्ने भनिएको बैठक बधुबार बस्ने गरी सारिएको हो।
यहि पुस २१ गतेदेखि २३ गतेसम्म बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो । सोही अनुसार पर्सि माघ २ गते बुधबार बिहान ८ बजे खुमलटारमा बस्ने पदाधिकारी बैठकले कार्यविभाजनमा अन्तिम निर्णय लिने तयारी गरेको छ । पदाधिकारी टुंगोमा पुगेपछि नेताहरूको कार्यविभाजन तोकेर अन्तरपार्टी निर्देशन जारी गर्ने माओवादी केन्द्रको तयारी छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपानीमा अरू नेताहरूको कार्यविभाजन हुँदा पुनको पनि जिम्मेवारी टुंग्याइने उल्लेख गर्नुभएकाले बुधबार बिहान खुमलटारमा बस्ने पदाधिकारी बैठकबाट पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी पनि तय हुने बुझिएको छ ।