काठमाडौँ, पुस २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुभएको छ। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा बयानका लागि उहाँ आज काठमाडौं अदालतमा उपस्थित हुनुभएको हो ।

सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको थियो ।
रिहा भए लगत्तै जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि शुक्रबार साँझ मात्रै काठमाडौँ आइपुग्नुभएकाले र हिजो शनिबनार अदालत बन्द भएका कारण उहाँ आज मात्रै अदालतमा उपस्थित हुनुभएको हो ।

जिल्ला अदालत काठमाडौंमा आजैदेखि थुनछेक बहस सुरु हुने बताइएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।