काठमाडौँ, पुस २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने हुनुभएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले सभापति लामिछाने जिल्ला अदालतमा आफैँ हाजिर हुन लाग्नुभएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते बिहिबार मात्र धरौटीमा रिहा हुनुभएका रास्वपा सभापति लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले र हिजो शनिबार बिदा भएकाले उहाँ आज आइतबार मात्र अदालतमा हाजिर हुन लाग्नुभएको हो ।