काठमाडौँ, पुस २६ गते । अन्धोपन निवारण तथा आँखा उपचार सेवामा उत्कृष्ट योगदान पुर्याएबापत मुलुकका विभिन्न स्थानीय तहलाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको छ । आज यहाँ आयोजित नेपाल नेत्रज्योति सङ्घको केन्द्रीयसभाको २९औँ अधिवेशनमा नेत्रज्योति विशिष्ट सम्मानसहित अन्य सात विधामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको हो ।
सुदूरपश्चिम र बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका ९चितवन०, लहान नगरपालिका ९सिरहा०, गुर्भाकोट नगरपालिका ९सुर्खेत०, लमही नगरपालिका ९दाङ०, गढवा नगरपालिका ९दाङ० र नर्वेको आर्थिक सहयोग ९एनएबिपी० लाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ ।
यसैगरी नारायण शर्मा नेत्रज्योति सम्मान इन्द्र कसजु ९नेपाल नेत्रज्योति सङ्घ खोटाङ० र कृष्ण धरेल ९चितवन०, नेत्रज्योति डा रामप्रसाद पोखरेल सम्मान ध्रुव केसी, शेरबहादुर थापा, मधु राणा, तेज मोक्तान, दलहादुर केसी तथा नेत्रज्योति सम्मानबाट लमही आँखा अस्पताल, नेपाल नेत्रज्याति सङ्घ रुपन्देही, डा पुरुषोत्तम जोशी र अतुल मिश्रलाई प्रदान गरिएको सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले जानकारी दिनुभयो ।
यसैगरी नेत्रज्योति सम्मान सुवास नेपाल ९आँखा अस्पताल पोखरा०, डा सन्तोष सुवेदी ९राप्ती आँखा अस्पताल दाङ०, अभिषेक रोशन र डा विजयकुमार चौधरी ९सगरमाथा चौधरी आँखा अस्पताल, लहान०, सपना कपाली ९भरतपुर आँखा अस्पताल०, सञ्जिव अधिकारी ९रण अम्बिका शाह आँखा अस्पताल, भैरहवा०, क्षितिज बराल ९तेजरत्न आँखा उपचार केन्द्र सङ्खुवासभा०, हरिहर श्रेष्ठ ९आँखा उपचार केन्द्र खोटाङ०, वीरबहादुर कार्की ९आँखा उपचार केन्द्र गुल्मी० र श्यामप्रसाद सापकोटा ९नेपाल नेत्रज्याति सङ्घ काठमाडौँ० लाई प्रदान गरिएको थियो ।
चस्मामा ‘भ्याट’ नलाग्ने व्यवस्थाका लागि प्रयास गर्ने मन्त्रीद्वयको प्रतिबद्धता
आगामी आर्थिक वर्षदेखि आँखा उपचार सेवासम्बन्धी चस्मामा मूल्य अभिवृद्धि कर ९भ्याट०सहितका कुनै पनि कर नलाग्ने व्यवस्थाका लागि प्रयास गरिने उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताउनुभएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा मन्त्रीद्वयल “आँखा उपचारसँग सम्बन्धित चस्मामा अगामी आवदेखि भ्याट नलाग्ने व्यवस्थाका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग छलफल गरी पहल गर्नेछौँ । फेसनसम्बन्धी चस्मामा भने कर छुटको व्यवस्था हुँदैन”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
नेत्रज्योति सङ्घको अधिवेशनमा सहभागीले आँखा उपचारसँग सम्बन्धित चस्मामा सरकारले कर लगाउँदा गम्भीर समस्या परेको जनाउँदै कर फिर्ता लिन सरकारसँग आग्रह गरेसँगै मन्त्रीद्वयले सोका लागि पहल गर्ने जनाउनुभएको थियो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “के–कति कारणले आँखा उपचारसँग सम्बन्धित चस्मामा भ्याट लाग्ने गरेको छ, यसका बारेमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग छलफल गर्नेछौँ । आगामी आवदेखि कर नलाग्ने व्यवस्था गर्न प्रयास गर्नेछु ।” उहाँले सङ्कटासन्न समुदायमा आँखा उपचारसम्बन्धी सेवाको पहुँच पुग्न नसकेको बताउँदै तीनै तहका सरकारसँगको समन्वयमासेवा विस्तार गर्न सङ्घलाई आग्रह गर्नुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “आँखा उपचारसँग सम्बन्धित चस्मामा भ्याट नलाग्ने व्यवस्था गर्न पहिलो प्राथमिकतामा राखी मन्त्रालयले प्रयास गर्नेछ । छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई आँखा उपचारमा खटाउने छौँ ।” सबै स्वास्थ्य संस्थालाई दर्ता प्रणालीमा आबद्ध हुन आग्रह गर्दै उहाँले राम्रो सेवा दिनेलाई पुरस्कृत गरिने उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले सेवा विस्तारका लागि सरकार र सङ्घका बीचमा द्विपक्षीय हस्ताक्षर हुन लागेको जानकारी दिँदै यसबाट आँखा उपचारको पहुँच बढ्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घका अध्यक्ष प्रा डा पन्त, उपाध्यक्ष श्यामकुमार पोखरेल र महासचिव भरतबहादुर चन्दले आँखा उपचार सेवासँग सम्बन्धित चस्मामा सरकारले भ्याट लिँदा सेवाग्राहीलाई समस्या परेको बताउनुभएको थियो । कार्यक्रममा नेत्र विशेषज्ञ प्रा डा देवनारायण साहले आँखा उपचार सेवा विश्वको तुलनामा नेपालमा सस्तो रहको जनाउँदै चस्मामा भ्याट नलिन सरकारसँग आग्रह गर्नुभयो ।