काठमाडौँ, पुस २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले साँझ सात बजे बस्ने गरी बोलाइएको हो ।
बैठकका एजेन्डाबारे भने खुलाइएको छैन । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बसेको थियो। बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।