काठमाडौँ, पुस २३ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ । बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि जवाफ र निर्णय प्रक्रियामा अगाडि बढ्ने प्रस्ताव राख्नुभएको हो ।


आजको बैठकको सुरुमा बोल्दै प्रचण्डले आफूले पेस गरेको राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकोले छलफलको प्रक्रिया छोट्याउने भनेर दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसक्ने र निर्णय प्रक्रियामा अघि बढ्ने बताउनुभयो ।

केन्द्रीय समिति बैठकको पहिलो दिन आइतबार प्रचण्डले ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसबारे आफ्नो धारणा राख्न १ सय ८० जना सदस्यहरुले नाम टिपाएका थिए । हिजो सोमबारसम्म ८० जना केन्द्रीय समिति सदस्यहरूले धारणा रहेका थिए । आज १ सय जना सदस्यहरूले आफ्नो धारणा राख्नेक्रम जारी छ । बैठक आज नै सक्ने तयारी गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।