काठमाडौँ, पुस २३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम आज पनि जारी रहने भएको छ । बैठक पार्टी मुख्यालयमा आज बिहान ११ बजे बस्ने भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले आज मङ्गलबार पनि बैठक बस्ने भएको हो ।
आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि आजै बैठक समापन गर्ने पार्टीको तयारी छ ।