म्याग्दी, पुस २० गते । राष्ट्रिय समाचार समिति (रासस)का म्याग्दी प्रतिनिधि सन्तोष गौतमलाई प्रेस सेन्टर नेपाल, म्याग्दीले स्थापना गरेको कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको आज यहाँ सम्पन्न पाँचौँ जिल्ला सम्मेलनका अवसरमा पत्रकार गौतमलाई रु सात हजारसहित प्रमाणपत्र प्रदान गरी दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पुरस्कार कोषका संरक्षक विनोद केसी, नेकपा ९माओवादी केन्द्र० जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसी, प्रेस सेन्टरका उपमहासचिव एवं गण्डकी प्रदेश इञ्चार्ज दीपक श्रेष्ठ, प्रदेश अध्यक्ष अर्जुन काफ्लेलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । 

विगत १७ वर्षदेखि पत्रकारितामा सक्रिय गौतम बेनीबाट प्रकाशित हुने रिखार दैनिक र धौलागिरि खबर अनलाइनका प्रकाशक समेत हुनुहुन्छ । 

विसं २०७२ मा चलचित्र भीमदत्तको विशेष प्रदर्शनी गरी सङ्कलन भएको  रु ७५ हजार र नेकपा ९माओावदी केन्द्र०का  नेता विनोद केसीले दाजु मदनको स्मृतिमा रु २५ हजार गरी रु एक लाखको कोष स्थापना गरिएको थियो । सोही रकमको ब्याजबाट क्रियाशील पत्रकारलाई सम्मान गरिँदै आइएको छ । 

सम्मेलनले कमल खत्रीको अध्यक्षतमा १५ सदस्यीय प्रेस सेन्टर नेपाल, म्याग्दी शाखाको नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ ।