काठमाडौँ, पुस १९ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औँ वार्षिक उत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताउनुभयो ।
महासचिव पोखरेलले पार्टीमा वैरीहरुले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताउनुभयो । उहाँले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताउनुभयो ।
महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताउनुभयो । “देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ”, उहाँले भन्नुभयो ।
महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताउनुभयो ।